३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दार्चुलामा पहिराेले दुईको मृत्यु, सात घर पुरिए [अपडेट]

मनोज बडु

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने सात घर पुरिएका छन् ।

दार्चुलामा पहिराेले दुईको मृत्यु, सात घर पुरिए [अपडेट]

३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा बेपत्ता उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए ।पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेको स्थानीय फागुनसिंह ठगुन्नाले जानकारी दिए । पहिरोले एउटा विद्यालय भवनसमेत बगाएको छ ।

त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली नगरपालिका–४ मा लास्कु खोलामा आएको बाढीले क्षति पुऱ्याउँदा दुहु र व्यास जाने बाटो बन्द भएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?