कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दार्चुलाको नौगाडमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

मनोज बडू

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जना वेपत्ता भएका छन् । स्थानीय फागुनसिंह ठगुन्नाका अनुसार ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती ठगुन्‍ना बेपत्ता भएका हुन् ।

दार्चुलाको नौगाडमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

दुवै जनाको स्थानीयवासीले खोजी गरिरहेका छन् । पहिरोमा परी चार जना घाइते भएका छन् । पहिरोमा परेका चार जनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्धार गरेको उनले बताए । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।

त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली नगरपालिका–४ मा लास्कु खोलामा आएको बाढीले क्षति पुऱ्याउँदा दुहु र व्यास जाने बाटो बन्द भएको छ ।

प्रकाशित : श्रावण ५, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?