२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

क्‍वारेन्टाइनबाट भागेका व्यक्ति मृत फेला

मोहन बुढाऐर

धनगढी — कैलालीको गोलादेवी आधारभूत विद्यालयस्थित क्‍वारेन्टाइनबाट भागेका एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका- ८ बस्ने अन्दाजी ४५ वर्षीय ती पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी आइतबार बिहान क्‍वारेन्टाइनबाट भागेका थिए ।

प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले गोदावरी-८ कवुलेती सामुदायिक वनको भित्र जाने बाटो नजिक ती व्यक्तिको शव आइतबार अपरान्ह ४ बजे फेला परेको बताए । ती व्यक्ति भारतबाट फर्किएपछि साउन १ गतेदेखि क्‍वारेन्टाइन राखिएको थियो ।

डीएसपी विष्टले मृतकको थ्रोट स्वाब लिइसकेको तर रिर्पोट आउन बाँकी रहेको बताए । ‘पीसीआर रिपोर्ट आउन अघिसम्म कोहि पनि शवको नजिक गएका छैनौं,’ उनले भने, ‘ घटनास्थल सिल गरेका छौं । रिर्पोट आएपछि लास उठाउने काम हुने छ ।’

प्रकाशित : श्रावण ४, २०७७ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?