कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कार आरोपमा दुई पक्राउ

तृप्ति शाही

बैतडी — बैतडी प्रहरीले बलात्कारका छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ । आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । यस्तै, अर्को घटनामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा दुई पक्राउ

आमालाई बलात्कार गर्ने पुरचौर्डी नगरपालिकाका ३२ वर्षीय छोरालाई मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरि सकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए ।

यस्तै, १२ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा पञ्‍चेश्‍वर गाउँपालिकाका ४५ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरीलाई यातना र कुटपिट गरेपछि छिमेकीले प्रहरीलाई सूचना दिएका थिए । सोधपुछका क्रममा घटना बाहिरिएको थियो । बालिकालाई जिल्ला अस्पतालमा राखिएको छ ।

आरोपितहरु दुवैलाई मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?