कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस रकमसहित नायव सुब्बा पक्राउ

अर्जुन शाह

धनगढी — घूस रकम लेनदेनको आरोपमा कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत नायब सुब्बा सिद्धराज जोशी पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले मंगलबार नासु जोशीलाई स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो । ‘कार्यालयको घर्रामा राखेको अवस्थामा सोमबार नै ८५ हजार बरामद गरेका हौं,’ आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले भने, ‘उनले सीपमूलक तालिममा सहजीकरण गर्न भन्दै सेवाग्राहीबाट ८५ हजार घूस लिएका हुन् ।’ उनी सोमबार भागे पनि मंगलबार पक्राउ परेका विष्टले बताए ।


प्रकाशित : असार ३०, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्

सशस्त्रका १४ डीआईजीको सरुवा

बाहिनीपतिहरु पनि फेरिए
मातृका दाहाल

काठमाडौँ — सशस्त्र प्रहरी मूख्यालयले ६ वटा प्रदेशका बाहिनीपतिहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरीले मंगलबार प्रदेशस्थित बाहिनीपति र मूख्यालयमा डीआईजीहरुको जिम्मेवारी हेरफेर गरेको हो । 

सशस्त्र प्रहरीका अनुसार प्रदेश १ को बराहा बाहिनीमा मूख्यालयमा कार्यरत बंशीराज दाहालको सरुवा भएको छ । प्रदेश २ को छिन्नमस्ता बाहिनीमा केवी बर्जाचार्य, प्रदेश ३ को गढीमाई बाहिनीमा मन्दीप श्रेष्ठ, उपत्यकास्थित पशुपतिनाथ बाहिनीमा प्रविणकुमार श्रेष्ठ, प्रदेश ४ को मूक्तिनाथ बाहिनीमा राजेन्द्र बस्नेत, प्रदेश ५ को विन्ध्यवासिनी बाहिनीमा ई. किशोर प्रधान र प्रदेश ६ को महेश्वरी बाहिनीमा हरिश्चन्द्र अधिकारीको सरुवा भएको छ ।

प्रदेश ७ स्थित वैद्यनाथ बाहिनीका डीआईजी हरिशंकर बुढाथोकी सरुवा भएको १ वर्ष नपुगेका कारण चलाइएको छैन । यसअघि जिम्मेवारीमा रहेकालाई सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित विभाग तथा निर्देशनालयमा सरुवा गरिएको छ ।


प्रकाशित : असार ३०, २०७७ १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×