२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

खानेपानी विवादमा झडप हुँदा डडेलधुरामा बालकको मृत्यु

डीआर पन्त

डडेलधुरा — खानेपानी योजनाका विषयमा भएको विवादका कारण झडप हुँदा डडेलधुराको आलिताल गाउँपालिका ६ मा एक ८ वर्षीय बालकको ज्यान गएको छ । 

शुक्रबार राति खानेपानी विवादले उग्र रुप लिएपछि भएको झडपमा स्थानीय गणेश महराका ८ वर्षीय छोरा हिमांशु महरा गम्भीर घाइते भएका थिए । राति नै धनगढी अस्पताल पुगाइएका उनको शनिबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए । प्रहरीले झडपमा संलग्न ४ जनालाई पक्राउ गरेको छ भने खानेपानी उपभोक्ता समितिका अन्य पदाधिकारीलाई समेत नियन्त्रणमा लिएको छ ।

आलिताल गाउँपालिका–६ का दुइ गाउँ भौना र झरकान्डाबीच खानेपानी योजनाका विषयलाइ लिएर विवाद हुँदा एक आपसमा ढुंगामुढा भएको प्रहरीले जनाएको छ । शुक्रबार राती ९ बजे झडप भएको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : असार २७, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?