कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा क्षेत्रमा चार बीओपी स्थापना

भवानी भट्ट

कञ्चनपुर — सशस्त्र प्रहरीले कञ्चनपुरमा ४ वटा बीओपी (बर्डर आउट पोष्ट) स्थापना गरेको छ । सशस्त्रले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र महाकाली नगरपालिकामा बीओपी स्थापना गरेको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका १० को दोदा, बेलौरी नगरपालिका १० को भुडा र वडा नम्बर २ को थापा चौरा तथा महाकाली नगरपालिका १ को बयलबन्दमा स्थापना गरिएको बीओपीहरु सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले उद्घाटन गरे । सबै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली रहेको छ ।

कञ्चनपुरमा यसअघि सीमा क्षेत्रमा ६ वटा बीओपीहरु स्थापना भइसकेका छन् । बीओपीहरु ब्रहृमदेव, महाकाली नगरपालिका, बेलौरी, बेलडाडी र पुनर्वास नगरपालिकामा छन् ।

प्रकाशित : असार २५, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थ–आईएमएस सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच बुधबार बिलिङ भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकले आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीका माध्यमबाट बैंकिङ सेवा विशेष छुटमा उपलब्ध गराउनेछ । बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार २५, २०७७ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×