कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हत्कडीसहित हत्याका आरोपी फरार 

मोहन बुढाऐर

धनगढी — कैलालीको चुरे गाउँपालिकास्थित फल्टुडे इलाका प्रहरी कार्यालयबाट हत्याको आरोपमा पक्राउ परेका एकजना बुधबार राति फरार भएका छन् ।

हत्कडीसहित हत्याका आरोपी फरार 

जिल्ल्ला प्रहरी कार्यालयका अनुसार चुरे वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐरलाई फल्टुडे प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो । बेलुकाको खाना खाने समयमा हातखुट्टा धुने भन्दै थुनुवा कक्षबाट हत्कडीसहित बाहिर निस्केका अभियुक्तले प्रहरीलाई हिर्काएर फरार भएको एसपी अनुपम शमशेर जबराले बताए ।

‘अभियुक्तको खोजी भइरहेको छ,’ उनले भने । उनका अनुसार अभियुक्त ऐर आफ्नै ७५ वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका थिए । अभियुक्तले हजुरआमालाई फलामको रड र धारिलो हतियार प्रहरी मंगल हत्या गरेर घरको पछाडि लुकाउन खोजेको थिए । स्थानीयको सूचनाका आधारमा प्रहरीले घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा भागे पनि उनी बुधबार पक्राउ परेका थिए ।

प्रकाशित : असार २५, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?