१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बाजुरामा चट्याङ लागेर बालकको मृत्यु, घाइते २ जनाको विमानबाट उद्धार

घाइते २ जनाको हेलिकप्टरबाट उद्धार 
वसन्तप्रताप सिंह

बझाङ — शनिबार राति परेको चट्याङबाट बाजुरामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका १०, बटुलसेराका ८ वर्षीय दिपेश बोहरा रहेका छन् । 

बाजुरामा चट्याङ लागेर बालकको मृत्यु, घाइते २ जनाको विमानबाट उद्धार

चट्याङ लागेर अरु दुई जना घाइते भएका छन् । घाइतेहरु ५५ वर्षीय सौर्या बोहरा र ९ वर्षीया बालिका आरक्षा बोहरा रहेका छन् । उनीहरुको नेपाली सेनाको विमानरबाट उद्धार गरी आइतबार काठमाडौं लगिएको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टी रेग्मीले जानकारी दिइन् ।

बडीमालिका नगरपालिकाको ढम्कने नजिक कालापाटन लेकमा खर्कमा सुतिरहेका उनीहरुलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बालकको घटनास्थलमै ज्यान गएको थियो । घाइतेहरुलाई कालापाटनबाट स्थानीय र जनप्रतिनिधिले उद्धार गरी कोल्टी विमानस्थलसम्म पुर्‍याएका थिए । उनीहरुको उद्धारका लागि राति नै हेलिकप्टर आएको भए पनि खराब मौसमका कारण अवतरण हुन नसकेर फर्किएको उपप्रमुख रेग्मीले बताइन् ।

प्रकाशित : असार २१, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?