३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

ट्यांकरको ठक्करबाट १ को मृत्यु

भवानी भट्ट

कन्चनपुर — कन्चनपुरको पुनर्वास नगरपालिका १ वलभद्र बस्तीमा शुक्रबार पानी बोक्ने ट्यांकरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । 

ट्यांकरको ठक्करबाट १ को मृत्यु

निर्माणाधीन स्थानीय सडकमा पानी हाल्ने ट्यांकरको ठक्करबाट पुनर्वास नगरपालिका ९ का योगेन्द्रसिंह ठकुरीको मृत्यु भएको हो । से ६ प ६४२६ नम्बरको मोटरसाइकलमा बेलौरीतर्फ आइरहेका ठकुरीलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए । घटनास्थलमा बा १ प ९७८४, से १ क १७४ दुइटा ट्यांकर रहेकाले ठक्कर दिने ट्यांकरको पहिचान हुन नसकेका उनले जानकारी दिए ।

स्थानीयले चालक पक्राउ गर्न माग गर्दै दुवै ट्यांकरमा आगजनी गरेका छन् । दुवैका चालक फरार रहेको डिएसपी थापाले बताए । ‘दुर्घटनाका विषयमा हामी अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘ठक्कर दिने ट्यांकरको पहिचान गर्ने काम भइरहेको छ ।’

प्रकाशित : असार १९, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?