क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजिटिभ
अछाम — अछामको क्वारेन्टाइनमा मृत्यु भएका एक जनामा कोराना संक्रमण पुष्टि भएको छ । उनको गत शनिबार राति रामारोशन गाउँपालिकाको कैलाशेश्वर घट्टखेती आधारभूत विद्यालयमा निर्मित क्वारेन्टाइनमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार उनी जेठ २७ गते कैलालीको गौरीफन्टा नाका हुँदै अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएको थियो ।
उनको मृत्युपछि आइतबार स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रयोगशाला धनगढी पठाइएको थियो । मंगलबार उनीसँगै अछामका अन्य ६६ जनामा कोरोना पोजिटिभ देखिएको हो । अछाममा हालसम्म १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित : असार १६, २०७७ १८:०२प्रतिक्रिया