एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम सरकारले २५ रुपैयाँ दिने

मोहन बुढाऐर

धनगढी — एक किलो सलह ल्याउनेलाई सुदूरपश्‍चिम सरकारले २५ रुपैयाँ दिने भएको छ । प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले सलह किरा २५ रुपैयाँ किलोको दरमा खरिद गर्ने भएको हो ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले बालीनालीका लागि महामारीको रुपमा आउने सलह किरा मारेर ल्याउने किसानलाई प्रति किलो २५ रुपैयाँ दिने बताएका हुन । ‘अहिलेसम्म सुदूरपश्चिममा सलह आइसकेको छैन,’ उनले भने,‘किसानलाई सर्तक भइराख्‍न आहृवान गरेका छौं ।’

मन्त्रालयले सलहलाई नियन्त्रण गर्न स्थानीय तहमा सलह टिम परिचालन गरिने उनले बताए । प्रदेश ५ को सीमासंग जोडिएको कैलालीको पूर्वी क्षेत्र जोशीपुर, टिकापुर, लम्की चुहा, जानकी गाउँपालिकामा सलह टिम परिचालनका लागि तयार भएको मन्त्रालयले बताएको छ ।

यसैबीच सलह नियन्त्त्रणका लागि कृषि क्षेत्रीय निर्देशकको संयोजक्तवमा प्रदेश स्तरीय ‘रेपिड रेस्पोन्स टिम’पनि गठन भएको प्रवक्ता शर्माले जानकारी दिए । यस्तै जिल्लाहरुमा ज्ञान केन्द्र स्तरीय टिम पनि गठन गरिएको उनले बतए ।

कञ्चनपुरको पुर्वी बेलौरी, पुर्नवास र पहाडी जिल्लामा फौजी किराले समेत बालीनालीमा नोक्सान पुर्‍याारहेको उनले बताए । ‘बेलौरी र पुर्नवास क्षेत्रमा फौजी किरा नियन्त्रणमा आइसकेको छ,’उनले भने,‘जहाँ फौजी किराले बालीनालीमा आक्रमण भएको सुनिएको छ, स्प्रे लगायतका काम गर्न टिम नै गठन गरेर परिचालन गर्न थालेका छौं ।’

प्रकाशित : असार १४, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

चौरी स्रोत केन्द्र स्थापनाका लागि आएको १ करोड फ्रिज

छपाल लामा

हुम्ला — चौरी स्रोत केन्द्र स्थापनाका लागि पशु सेवा कार्यालयमा आएको १ करोड रुपैयाँ फ्रिज भएको छ । लकडाउनका कारण चौरी खरिद गर्न समस्या भएपछि बजेट फ्रिज गएको हो ।

चौरीपालनको राम्रो सम्भावना भएको भन्दै प्रदेश सरकारले हुम्लामा स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । १ सय चौरी खरिद गरी केन्द्र स्थापना गर्न खोजिए पनि लकडाउनका कारण बजेट फिर्ता गएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ज्ञानेन्द्रबहादुर बुढाथापाले बताए ।

‘स्रोत केन्द्रका लागि क्षेत्र छनोट र प्रस्तावना माग गरी सर्टलिष्ट गर्ने काम सकिएको थियो,’उनले भने, ‘खरिद गर्न चीन जान नसक्ने अवस्था आएपछि बजेट फिर्ता गरिएको हो ।’ उनका अनुसार निर्माण सामग्री अभावले स्रोत केन्द्र भवन निर्माणको कामसमेत रोकिएको छ । बजेट फ्रिज गएपछि किसानमा निराश बनेको उनको भनाइ छ ।

प्रकाशित : असार १४, २०७७ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×