२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

क्‍वारेन्टाइनबाट घर पठाएका १३ जनामा संक्रमण 

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महाकाली नगरपालिकामा क्‍वारेन्टाइनबाट घर पठाएका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

क्‍वारेन्टाइनबाट घर पठाएका १३ जनामा संक्रमण 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणअनुसार २ महिला र ११ पुरुषमा शुक्रबार संक्रमण देखिएको हो । उनीहरुलाई घर पठाएको दोस्रो र तेस्रो दिनमात्रै रिपोर्ट आएको नगरपालिकाले जनाएको छ ।

१४ दिन क्‍वारेन्टाइनमा बसेपछि आरडीटी पोजिटिभ देखिएको उनीहरुको जेठ २८ मा स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ दिनसम्म पनि रिपोर्ट नआएपछि उनीहरुलाई घर पठाइएको हो । ‘आइसोलेसनमा बस्ने अवधिभन्दा बढी समयसम्म रिपोर्ट नआएपछि घर पठाएका हौं’ महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले भने, ‘उनीहरुलाई होम क्‍वारेन्टाइनमा बस्ने गरी घर पठाइएको हो ।’ उनका अनुसार यसअघि पनि ९ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : असार १२, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?