धनगढी  उपमहानगरपालिको बजेट १ अर्ब ६३ करोड

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम  र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । धनगढीसहित कैलालीका स्थानीय तहहरुको अगामी आर्थिक वर्ष २०७७/०७८को बजेट तथा नीति र कार्यक्रम कोरोना केन्द्रीत छन् ।

धनगढी  उपमहानगरपालिको बजेट १ अर्ब ६३ करोड

धनगढी उपमहानगरपालिकाले पाचौं नगर सभामा ०७७/०७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ । प्रस्तुत बजेटमा चालुतर्फ ८५ करोड र पुँजीगततर्फ ७८ करोड ८२ लाख रहेको छ ।

बजेटको आन्तरिक आयतर्फ १९ करोड ९९ लाख, वित्तिय समानिकरण २९ करोड २ लाख ,राजश्व बाँडफाँडबाट १८ करोड ४० लाख,सशर्त अनुदान ५० करोड २६ लाख , प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड २६ लाख , प्रदेश सरकार विशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।

नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उप–प्रमुख सुशिला मिश्र भट्टले कोभिड १९बाट सिर्जित संकट व्यवस्थापन गर्न बजेट केन्द्रीत पारिएको बताइन् । उप महानगरपालिकाको प्रस्तुत बजेटमा स्वास्थ्य क्षेत्रमा मात्रै करिब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कैलालीको गोदावरी नगरपालिकाले ९८ करोड २३ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटको पुँजीगततर्फ ३५ करोड ७७ लाख रहेको छ । उप मेयर रत्‍ना कठायतले कोभिड १९ को महामारी नियन्त्रण , रोकथाम र स्वास्थ्य सेवालाई प्राथमिकतामा राखिएको बताइन् ।

गौरीगंगा नगरपालिकाले पनि सबैभन्दा धेरै रकम स्वास्थ्य क्षेत्रमै छुट्टाइएको छ । नगरपालिकाको कुल बजेट ७९ करोड ४० लाख रहेको छ । उक्त कूल बजेटमा प्रशासनिक खर्च ९ करोड ९२ लाख र बाँकी विकास खर्च मात्रै रहेको मेयर भिमबहादुर देउवाले बताए । उनका अनुसार स्वास्थ्य पछि कृषि विदेशबाट फर्केकाहरुको रोजगारी ,शिक्षा क्षेत्रलाई प्राथमिकतामा दिइएको छ ।

घोडाघोडी नगरपालिकाले ८१ करोड ४१ लाखको बजेट ल्याएको छ ।

प्रकाशित : असार १०, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?