कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कोरोना संक्रमितलाई घरमै बस्न निर्देशन दिइएको भन्दै प्रदेशसभा अवरुद्ध

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा बुधबारको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले अवरुद्ध गरेका छन् । कोरोना संक्रमितलाई घरमै बस्न निर्देशन दिइएको सम्बन्धमा सरकारको आलोचना गर्दै प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरेका हुन् । बैठकमा बुधबारदेखि बजेटमाथिको छलफल सुरु हुने कार्यसूची थियो ।

कोरोना संक्रमितलाई घरमै बस्न निर्देशन दिइएको भन्दै प्रदेशसभा अवरुद्ध

सभामुख अर्जुनबहादुर थापाले बैठक सुरु गर्नासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उठेर मौन भएका थिए । सभामुखले असहमतिका बारेमा कुनै पूर्वजानकारी नभएकाले स्थान ग्रहण गर्न आग्रह गरेका भए पनि विपक्षी दलका सांसदहरु बोलेनन् ।

अन्त्यमा, सभामुखले असहमति वा विरोधको विषयमा एक जना सांसदलाई बोल्न भनेपछि नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले कोरोना जाँचका क्रममा पीसीआर पोजिटिभ रिपोर्ट आएकालाई पनि घरमै बस्न निर्देशन दिइएको प्रति आपत्ति जनाउँदै संसद चल्न नदिने बताएका थिए । उनले भने, ‘संक्रमण पुष्टि भएकालाई घरमै बस्नु भन्नु गैरजिम्मेवार कार्य हो । साथै सरकारले कोरोनामा खर्च गरेको ५७ करोड रुपैयाँको पनि हिसाब चाहियो ।’

केही दिनअघि कैलालीको लम्की चुहा नगरपालिकामा ५८ जनाको पोजिटिभ आएपछि नगरप्रमुख महादेव बजगाईंले स्वास्थ्य निर्देशनालयमा खबर गरेका थिए । त्यस क्रममा उनीहरुलाई १४ दिन बढी भइसकेकोले जोखिम नहुँने भन्दै घरमै सुरक्षित बस्न र कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी गराएका थिए । प्रतिपक्षी दलहरुले त्यसैको विरोध गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

प्रकाशित : असार १०, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?