१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

महाकाली अस्पतालबाट थप ८ जना डिस्चार्ज

भवानी भट्ट

कञ्चनपुर — ८ जना कोरोना स‌ंक्रमित महाकाली अस्पतालबाट मंगलबार डिस्चार्ज भएका छन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुलाई परीक्षणै नगरी डिस्चार्ज गरिएको अस्पतालका डा सरोज आचार्यले बताए । 

महाकाली अस्पतालबाट थप ८ जना डिस्चार्ज

डिस्चार्ज हुनेहरुमा माहाकाली नगरपालिकाका ५ जना, शुक्लाफांटा, बेलौरी र पुनर्वास नगरपालिकाका एक/एक जना छन् ।अस्पतालबाट हालसम्म ११ महिने बालकसहित ५० जना डिस्चार्ज भइसकेका छन् ।

हाल अस्पतालको आसोलेसनमा १४ जना छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको र कुनै लक्षण नदेखिएको डा. आचार्यले बताए ।

प्रकाशित : असार ९, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?