कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

महाकाली अस्पतालबाट ४ जना डिस्चार्ज

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर स्थित महाकाली अस्पतालबाट उपचार गराइरहेका ४ जना कोरोना संक्रमित शनिबार निको भएर गर फर्केका छन् ।

महाकाली अस्पतालका अनुसार डिस्चार्ज हुनेमा लालझाडी गाउँपालिकाका २ महिला र माहाकाली नगरपालिकाका २ पुरुष रहेका छन् । दुई हप्तासम्म उनीहरुको अवस्था सामान्य हुनुका साथै कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक सरोज आचार्यले बताए । उनीहरु सबैलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको उनले बताए ।

यसअघि शुक्रबार अस्पतालबाट एकै पटक १८ जना डिस्चार्ज भएका थिए । महाकाली अस्पतालबाट हालसम्म ४१ जना डिस्चार्ज भएका छन् ।

अहिले माहाकाली अस्पतालको आइसोलेसनमा १८ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको डा. आचार्यले बताए । हालसम्म उनीहरुमा कुनै लक्षण पनि देखिएको छैन ।

प्रकाशित : असार ६, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?