२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महाकाली अस्पतालबाट थप १८ जना डिस्चार्ज

भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमणपछि महाकाली अस्पताल भर्ना भएका १८ जना डिस्चार्ज भएका छन् । स्वाब संकलन भएको १५ दिनपछि उनीहरु सबैलाई शुक्रबार डिस्चार्ज गरिएको हो । 

महाकाली अस्पतालबाट थप १८ जना डिस्चार्ज

स्वास्थ्य मन्त्रालयका निर्देशिका अनुसार लक्षण नदेखिएको र अवस्था सामान्य रहेकाले उनीहरुलाई परीक्षणबिना नै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका अनुसार डिस्चार्ज हुनेमा पुनर्वास नगरपालिकाका ७, भीमदत्त नगरपालिकाका ५ र शुक्लाफाँटा नगरपालिकाका २ जना रहेका छन् ।

यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका ४ जना डिस्चार्ज भएका छन् । ‘सबै जनालाई दुई हप्तासम्म आइसोलेसनमा राखेर डिस्चार्ज गरिएको हो’, महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘स्वाब संकलन भएको १५ दिनमा हामीले डिस्चार्ज गरेका हौं ।’ उनका अनुसार शुक्रबार बिहान १४ जना र साँझ थप ४ जना डिस्चार्ज भएका हुन् । उनीहरु सबैलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको हो ।

यसअघि पनि महाकाली अस्पतालबाट ११ महिने बालकसहित १९ जना डिस्चार्ज भएका छन् । उनीहरुलाई पनि आइसोलेसनमा राखेको १४ दिनपछि परीक्षणबिना नै डिस्चार्ज गरिएको हो ।

महाकाली अस्पतालका अहिले पनि २२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । डा. आचार्यका अनुसार सबैको अवस्था सामान्य छ ।

प्रकाशित : असार ५, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?