कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डडेलधुरा सदरमुकाम अनिश्‍चितकालका लागि बन्द

डीआर पन्त

डडेलधुरा — कोरोना संक्रमण ब्यापक बढेपछि जिल्ला सुरक्षा समितिले शुक्रबार अपरान्ह ३ बजेदेखि डडेलधुरा सदरमुकाम अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । बिहीबारमात्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बसेको सुरक्षा समिति बैठकले जिल्ला सदरमुकाम सिल गर्ने निर्णय गरेको हो ।

डडेलधुरा सदरमुकाम अनिश्‍चितकालका लागि बन्द

‘सदरमुकाम पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ’, डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने, ‘अर्को निर्णय नहुँदासम्म सदरमुकाम सिल हुनेछ ।’

सरकारले लकडाउन खुकुलो पारेपछि सदरमुकामका पसल, व्यापारिक प्रतिष्ठान, कार्यालय खुल्नुका साथै ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने-जानेको क्रम बढेको थियो । ग्रामीण क्षेत्रबाट चल्ने सवारी साधन पनि चल्न थालेका थिए । तर शुक्रबार जिल्ला सदरमुकामसँग जोडिएको गन्यापधुरामा ५६ जना र अजयमेरुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम सिल गरिएको हो ।

शुक्रबार अपरान्हसम्म जनस्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार डडेलधुरामा १ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


प्रकाशित : असार ५, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?