बैतडीमा थपिए २५ संक्रमित

तृप्ति शाही

बैतडी — बैतडीमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

बैतडीमा थपिए २५ संक्रमित

भारतका विभिन्न ठाउँबाट आएर क्वारेन्टाइनमा बसी आरडीटी रिपोर्ट पोजिटिभ देखिएकाहरूको स्वाब संकलन गरी पठाइएकोमा पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको उनले जानकारी दिए ।

नयाँ थपिएका संक्रमितमध्ये दशरथचन्द नगरपालिकाका १०, सिगास गाउँपालिकाका ६, पञ्चेश्वर गाउँपालिकाका ४, सुर्नया गाउँपालिकाका ३ र पाटन नगरपालिकाका २ जना छन् ।

यसअघि बैतडीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ५२ पुगेको छ ।

प्रकाशित : असार ४, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?