कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बैतडीको शिवनाथमा एकैदिन २१ जनामा कोरोना संक्रमण पुष्टि

तृप्ति शाही

बैतडी — बैतडीमा एकैदिन शिवनाथ गाउँपालिकाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न स्थानबाट आइ क्‍वारेन्टाइनमा बसेका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । 

बैतडीको शिवनाथमा एकैदिन २१ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार उनीहरु आरडीटी पोजिटिभ आएकाहरु हुन् । आरडीटी पोजिटिभ आएपछि पीसीआरका लागि पठाइएको थियो ।

संक्रमण देखिनेमा वडा नम्बर २ की १० वर्षीया बालिकासहित अन्य २०, २१ , २२, २५ , ३४ र ३५ वर्षका पुरुषमा छन् । वडा नम्बर ३ का १९, २१, र २४ वर्षका २ जना पुरुषमा संक्रमण देखिएको उनले बताए । यस्तै ४ नम्बरका २१, २३, २४, २६ र ३० वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । ६ नम्बरका १७, १८, २१, २४ र २६ वर्षका पुरुषमा कोरोना देखिएको उनले बताए । सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

अझै जिल्लाका ५ सय बढी आरडीटी पोजिटिभको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्याल बैतडीका प्रमुख भट्टले जनाए ।

प्रकाशित : असार १, २०७७ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?