कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बैतडीमा एम्बुलेन्स दुर्घटना : ३ जना घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

पुरचौर्डी नगरपालिकाको म १ झ ११३ नम्बरको एम्बुलेन्स जिल्लाको सिगास गाउँपालिका–१, विन्द्रावनमा भएको दुर्घटनामा पुरचौर्डी–५ कुवाकोटका ५५ वर्षीय दिलबहादुर कुँवर, उनकी ४५ वर्षीय श्रीमती बेलमती र २० वर्षीय छोरा रोहित घाइते भएका हुन् ।

३ जनामध्ये दिलबहादुर र उनकी श्रीमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

सामान्य घाइते अवस्थामा रहेका फरार चालक उत्तम विष्ट पनि प्रहरीको सम्पर्कमा आएका छन् । उनको पाटन ९ को सिद्धेश्वर स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले बताए । उनका अनुसार चालकको टाउकोमा चोट लागेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?