१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सिरहाबाट २० जना घर फर्किए, १२ कोरोना संक्रमित थपिए

भरत जर्घामगर

सिरहा — कोरोना संक्रमणमुक्त भएपछि सिरहाका २० जना मंगलबार घर फर्किएका छन् । धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई कोभिड अस्थायी अस्पतालमा उपचाररत ती सबैमा तेस्रो चरणको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरिएको हो । 

सिरहाबाट २० जना घर फर्किए, १२ कोरोना संक्रमित थपिए

गत जेठ ३ गते पीसीआर पोजिटिभ पाइएका सिरहाको पहिलो संक्रमित सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका साउदी अरबबाट फर्केका ३० वर्षीय युवकदेखि गत जेठ १७ गते भर्ना भएकाहरुसम्म थिए । उनीहरुलाई अझ १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी सिरहा प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, धनगढीमाई नगरपालिकाका प्रमुख हरि नारायण चौधरीले पुष्पगुच्छासहित हाललाई संक्रमणमुक्तको प्रमाणपत्र दिएर बिदाई गरे ।

उनीहरुले आफूहरु समाजबाट अलग भई आइसोलेसनमा बसेर उपचार गराउँदा सुरुमा अप्ठयारो महसुस भए पनि कोरोनालाई जितेपछि मृत्युलाई जिते झै लागेको सुनाए ।

सिरहामा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित बाह्रै जना भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २७, २०७७ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?