कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बैतडीको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

तृप्ति शाही

बैतडी — बैतडीको पाटन नगरपालिकामा क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत शनिबार नगरपालिकाको वडा नम्बर ६ मा रहेको भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाकै सन्तोलीका ३० वर्षीय हरिश लुहारको मृत्यु भएको थियो ।

शनिबार बिहानमात्रै भारतको बेंगलोरबाट फर्केका उनी साँझ एक्कासि बेहोस भएका थिए । बेहोसै अवस्थामा उनलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि पुऱ्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइएको थियो । धनगढीमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट नेगेटिभ आएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २७, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?