कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आफ्नै शरीरमा आगो लगाएका बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु

मेनुका ढुंगाना

अछाम — पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको गेटमा गएर आफ्नो शरीरमा आगो लगाएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्‍याएको आधा घन्टामा उनको मृत्यु भएको सँगै गएका मीन बोहराले जानकारी दिए ।

आफ्नै शरीरमा आगो लगाएका बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु

'अस्पताल दिउँसो साढे ३ बजे पुगेका हौं । ४ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको हो,' उनले भने । उनका अनुसार एक वर्षअघि सिद्धार्थले खाडी मुलुकमा जाने तयारी गरेका थिए । घर नजिकैको बयालपाटा अस्पतालमा चर्पी सरसफाइ गर्नका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए ।

अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए । 'अस्पतालबाट हटाइएको बेलादेखि नै उनी मानसिक तनावमा थिए । फेरि अस्पतालले काम दिन्छ कि भनेर जाने गरेका थिए ।' उनका छिमेकीसमेत रहेका बोहराले भने ।

प्रकाशित : जेष्ठ २६, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?