२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

डडेलधुरामा सुत्केरीमा कोरोना संक्रमण

डीआर पन्त

डडेलधुरा — नगदुर्गा गाउँपालिकाको ४ सिरोडकी २१ वर्षीया सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

डडेलधुरामा सुत्केरीमा कोरोना संक्रमण

जेठ २१ गते सिरोडको क्‍वारेन्टाइनबाट उपचारका लागि डडेलधुरा अस्पताल पुगेकी महिलाको स्वाब परीक्षण गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।

अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टकाअनुसार जेठ २३ गते उनले सुरक्षित रुपमा बच्च जन्माएकी थिइन् । उनलाई शिशुसहित डडेलधुरा अस्पतालको आइसोलेसनमा राखिएको छ । उनी केही दिनअघि श्रीमान्‌सहित भारतबाट फर्केकी हुन् । सुत्केरीसहित डडेलधुरामा पोजिटिभको संख्या ७ पुगेको छ । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।


प्रकाशित : जेष्ठ २४, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?