बझाङमा ६ कोरोना संक्रमित थपिए

वसन्तप्रताप सिंह

बझाङ — खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बझाङमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । बिहीबार एकजनामा पुष्टि भएको थियो । उनी डडेलधुरा अस्पतालमा उपचारत छन् । बझाङका एक संक्रमित भने सुर्खेतमा उपचारत छन् ।  

बझाङमा ६ कोरोना संक्रमित थपिए

शुक्रबार पुष्टि भएका नयाँ संक्रमितहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए । उनीहरुमध्ये पाँच जना भारतको दिल्लीबाट एकहप्ता अगाडि आएका थिए । एक जना २५ वर्षीय पुरुष २ हप्ता अगाडि काठमाडौंबाट आएका थिए । दुई दिन अगाडि उनीहरुसँगै २० जनाको नमुना स्वाब संकलन गरिएको थियो ।

२० जनामध्ये ६ मा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमा स्वास्थ्य अवस्था सामान्य रहेको सहायक प्रजिअ सार्कीले बताए । उनीहरुलाई शुक्रबार क्वारेन्टाइमै राखिने, शनिबार जिल्ला सदरमुकामस्थित क्वारेन्टाइनमा राखिने भएको छ । ‘रिपोर्ट बेलुकीमात्रै आयो, आज उहाँहरु उतै बस्नुहुन्छ, भोलि सदरमुकाम ल्याउने तयारीमा छौं’ उनले भने । गाउँपालिका अध्यक्ष बर्क रोकायाका अनुसार खप्तडछान्ना गाउँपालिका भरी ३५० जनालाई क्वारेन्टाइनमा राखिएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?