कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

निको नभएका ६ जना संक्रमितलाई सेती अस्पतालले गर्‍यो डिस्चार्ज

घर जाने व्यवस्था नहुँदा अस्पतालकै वार्डमा राखियो
मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पतालले शुक्रबार ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । उनीहरु निको भएर डिस्चार्ज भएका भने होइनन् । स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ निर्देशिका अनुसार निको नभए पनि डिस्चार्ज गरिएको अस्पताका मेडिकल सुपरीटेन्डेन्ट हेमराज पाण्डेयले बताए । 

निको नभएका ६ जना संक्रमितलाई सेती अस्पतालले गर्‍यो डिस्चार्ज

अस्पताल प्रशासनले शुक्रबार बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २७, २०, २२ वर्षका तथा अछाम मेल्लेख गाउँपालिकाका ३२ बर्षका पुरुष र उनकै ११ वर्षीया छोरीलाई डिस्चार्ज गरेको हो । डिस्चार्ज गरिए पनि उनीहरुलाई घर पठाउने व्यवस्था नभएकाले अस्पतालकै वार्डमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयको कोभिड– १९ उपचार सम्बन्धि नयाँ निर्देशिकाकामा कुनै लक्षण नदेखिएका र १४ दिन आइसोलेसनमा बसिसकेकालाई डिस्चार्ज गर्न सकिने भनिएको छ । उनीहरुमा लक्ष्यण नभएकाले निर्देशिकाअनुसार डिस्चार्ज गरिएको डा. पाण्डेयले बताए ।

यसअघि संक्रमितको लगातार दुईपटक नेगेटिभ रिर्पोट आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिन्थ्यो । डा. पाण्डेयले अस्पतालबाट डिस्चार्ज भएकालाई होम आइसोलेसनमा कति दिन कसरी बस्ने र के खाने लगायतका १४ बुँदे नियमको पालना गर्ने भनिएको बताए ।

डा. पाण्डेयले अस्पतालबाट डिस्चार्ज गरिए पनि गाउँपालिका सम्म जाने कुनै ब्यवस्था नभएर उनीहरु अलपत्र परेकाले शुक्रबार एक रातका लागि अस्पतालकै एक छुट्टै वार्ड ब्यवस्था गरिएको बताए । ‘सम्बन्धित गाउँपालिकालाई डिस्चार्ज गरिएकालाई लैजान भनिएको छ,’ उनले भने, ‘भोली शनिबारसम्म सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स वा अन्य कुनै सवारी साधानबाट लैजाने ब्यवस्था हुन्छ होला ।’

उनीहरु सबै भारतबाट गौरीफन्टा नाका हुँदै जेठ ८ गते नेपाल आएका थिए । सीमानाका गरिएको आरडिटी जाँचमा एन्टिबडी पोजिटेभ देखिएपछि उनिहरुलाई सेती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण देखिएको थियो ।

प्रकाशित : जेष्ठ २३, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?