२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

माछा मार्न जाँदा नदीमा बगेर १ को मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा नदीमा बगेर १ जनाको मृत्यु भएको छ । चौलानी नदीमा बगेर शुक्रबार अपरान्ह ४ बजेतिर डिलाशैनी गाउँपालिका ६ का ६० वर्षीय हिरा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

उनका अनुसार डिलाशैनी ६ स्थित बांगाबगरनजिकै चौलानी नदीमा माछा मार्न गएका राना एक्कासी नदीमा बगेका थिए ।

नदीमा बगेका रानालाई स्थानीय उद्धार गरे पनि मृत्यु भइसकेको अवस्थामा फेला पारेका उनले बताए । प्रहरीको टोली घटनास्थलतर्फ गएको उनको भनाइ थियो ।


प्रकाशित : जेष्ठ २३, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?