३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धनगढीमा लकडाउन खुकुलो, बिहान ११ बजेसम्म बजार खुल्ने

मोहन बुढाऐर

धनगढी — धनगढीका व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले बिहान ११ बजेसम्म बजार खोल्न दिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले क्रेता/बिक्रेताबीच सामाजिक दूरी र मास्क प्रयोगलाई अनिवार्य गरी बिहान ७ देखि ११ बजेसम्म बजार खोल्न दिइने बताए ।

धनगढीमा लकडाउन खुकुलो, बिहान ११ बजेसम्म बजार खुल्ने

मंगलबार प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा व्यवसायीले लकडाउन अवज्ञा गर्दै सम्पूर्ण बजार खोल्ने चेतावनी दिएका थिए । बुधबार स्थानीय प्रशासनले उद्योग वाणिज्य संघ, स्थानीय तहलाई छलफलमा बोलाएको थियो ।

कैलाली उद्योग संघका अध्यक्ष पुष्पराज कुँवरले लकडाउनलाई खुकुलो पार्दै बिहीबारदेखि बिहान ११ बजेसम्म बजार खोल्न दिने स्थानीय प्रशासन, स्थानीय तह र व्यवसायीबीच भद्रसहमति भएको बताए । ‘पहिलो चरणमा व्यवसायीले बिहान ११ बजेसम्म आफ्नो व्यापार/व्यवसाय सञ्चालन गर्न पाउने भए’उनले भने,‘लकडाउनलाई खुकुलो पार्दै जानु पर्छ भन्ने निजी क्षेत्रको भावना हो ।’उनले बुधबारको छलफलपश्चात् प्रशासनले लकडाउन खुकुलो पार्नतिर संकेत गरेको बताए ।

यसअघि मंगलबारको ज्ञापनपत्रमा कैलाली उद्योग वाणिज्य संघले लकडाउन लम्ब्याउँदै जाँदा व्यवसायी चर्को मारमा पर्न भन्दै प्रशासनले सहजीकरण गरी सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?