गौरीफन्टाबाट भित्रिनेको संख्या ५० हजार नाघ्यो

कैलालीको गौरीफन्टा नाकाबाट जेठ महिनामा मात्रै भित्रिनेको संख्या ५० हजार नाघेको छ ।
मोहन बुढाऐर

धनगढी — कैलालीको गौरीफन्टा नाकाबाट जेठ महिनामा मात्रै भित्रिनेको संख्या ५० हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले  जेठ ७ गतेदेखि भित्रिनेको संख्या ५० हजार नाघेको बताए ।

गौरीफन्टाबाट भित्रिनेको संख्या ५० हजार नाघ्यो

‘दैनिक ४/५ हजारको संख्यामा भित्रिरहेका थिए,' उनले भने, 'मंगलबार र बुधबार आउनेको संख्यामा भने कमी आएको छ ।’ उनका अनुसार मंगलबार २ हजार ६ सय र बुधबार साढे १८ सय भित्रिएका छन् ।

छैन क्वारेन्टाइन

सुदूरपश्चिम प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि खाली स्कुल र भवनहरु क्वारेन्टाइनमा परिणत हुँदै गएका छन् । बुधबारसम्म ५४ हजारभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । ‘क्वारेन्टाइन व्यवस्थित पार्न गाह्रो हुँदा कोरोना संक्रमणको जोखिम बढेको छ,’ उनले भने, ‘सूचना अधिकारी जोशीले भने, 'हरेक दिन क्वारेन्टाइन थपिँदै गएका छन् । अब होम क्वारेन्टाइनमा पठाउनुपर्ने बेला आएको छ ।’

कोभिड-१९ को लक्षण देखिएका बिरामीलाई आइसोलेसन र परीक्षणको पनि समस्या छ । 'अस्पतालमा पनि आइसोलेसन वार्ड अभाव छ,' उनले भने, 'अब जटिल बिरामीलाई मात्रै भर्ना गर्नुपर्ने अवस्था हुन सक्छ ।'

प्रकाशित : जेष्ठ २१, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?