कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उपचार अभावमा डडेलधुरामा कैदीको मृत्यु 

डीआर पन्त

डडेलधुरा — चोरी मुद्दामा कैद सजाय भोगिरहेका ३२ वर्षीय युवकले उपचार नपाएर ज्यान गुमाएका छन् । दार्चुलाको व्यास गाउँपालिका–४ का धनसिंह खातीको सोमबार राति डडेलधुरा अस्पतालमा ज्यान गएको हो ।

केही दिनअघि पक्षघात भएर थला परेका खातीलाई उपचारका लागि डडेलधुरा अस्पतालमा भर्ना गरिएको थियो । डडेलधुराका प्रमुख जिल्ला अधिकारी जगन्नात पन्तले भने, ‘डडेलधुरा अस्पतालमा उपचार सम्भव नभएपछि खातीलाई धनगढी रिफर गरिएको थियो ।’ धनगढीमा पनि उपचार हुन नसकेपछि खातीलाई नेपालगन्ज रिफर गरिएको भएपनि उनका आफन्त नभएपछि पुन डडेलधुरा अस्पताल ल्याइएको प्रजिअ पन्तले जानकारी दिए ।

‘गम्भीर बिरामी भएका कारण कैद मिनाहा गरी आफन्तको जिम्मा लगाउन कारागार विभागलाई सिफारिस समेत गरेको हुँ,’ प्रजिअले भने, ‘खातीको घरमा ५ वर्षको छोरा र भाइ बुहारीबाहेक अरु कोही पनि छैनन् ।’ धनगढीमा केही निजी अस्पतालले उनको उपचार गर्न नमानेका कारण सोमबार डडेलधुरा फर्काइएको पनि उनले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?