३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गड्डाचौकी नाकाबाट सोमबार साढे १३ सय भित्रिए

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको गड्डाचौकी नाकाबाट सोमबार १३ सय ५३ जना भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार दशगजामा पुगेका सबैलाई भित्र्याएर आ–आफ्नो स्थानीय तहमा पठाइएको छ ।

गड्डाचौकी नाकाबाट सोमबार साढे १३ सय भित्रिए

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बिहानैदेखि दशगजामा पुगेका सबैलाई भित्र्याएर सम्बन्धित जिल्लातर्फ पठाइएको बताए । उनका अनुसार नेपालमा रहेका २२० जना भारतीय नागरिकहरुलाई पनि भारततर्फ पठाइएको छ । बिहानको समयमा वर्षा भएका कारण दशगजामा भित्रिनेहरुलाई निकै समस्या भइरहेको थियो ।

आइतबारको तुलनामा यो नाकाबाट आउनेको संख्या कम भएको छ । आइतबार ३ हजार ५८ जना भित्रिएका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?