आमाबुवासँगै भारतबाट आएका ११ महिने बालक संक्रमित

भवानी भट्ट

कन्चनपुर — कन्चनपुरमा ११ महिने दूधे बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिका ११ मा रहेको सरस्वती मावि अमरपुरका क्‍वारेन्टाइनमा आमाबुवासँगै रहेका बालकमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

आमाबुवासँगै भारतबाट आएका ११ महिने बालक संक्रमित

जेठ १४ गते आमाबुवासँगै कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका बालक, आमासहित ५ जनाको शुक्रबार स्वाब संकलन गरिएको शुकलाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । ‘पाँच जनाको स्वाब संकलन गरिएको हो’ उनले भने, ‘आमासहित चार जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ, बालकको मात्रै पोजिटिभ आयो ।’ उनका अनुसार संक्रमति बालकका आमा बुवासँगै ठूलो बुवा, ठूली आमा र काकासहित ११ जना सँगै आएका हुन् ।

धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणअनुसार ती बालकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित बालकको स्वास्थ्य अवस्था अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए । संक्रमित बालक जेठ १४ मा परिवारका ११ जना सँगै भारतको गुडगाउँबाट आएका हुन् । बालकसँगै आएका र क्‍वारेन्टाइनमा सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको भट्टले बताए । संक्रमित बालक र आरडीटी परीक्षणमा पोजिटिभ देखिएकाहरुलाई महाकाली अस्पताल पुर्‍याउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले संक्रमित बालकलाई महाकाली अस्पतालमा ल्याउने विषयमा समन्वय भइरहेको बताए । उनले सोमबारै ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित : जेष्ठ १९, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?