कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सेनाको प्राविधिक सहयोगमा अस्थायी क्‍वारेन्टाइन निर्माण

मोहन शाही

डोटी — नगरभित्र रहेका विद्यालयहरुमा बनाइएका क्‍वारेटाइन भरिएपछि डोटीको शिखर नगरपालिकाले अस्थायी क्‍वारेन्टाइन बनाएको छ । 

सेनाको प्राविधिक सहयोगमा अस्थायी क्‍वारेन्टाइन निर्माण

नेपाली सेनाको प्राविधिक सहयोगमा करिब ३ सय जना अट्न सक्ने अस्थायी क्‍वारेन्टाइन बनाइएको हो । शिखर नगरपालिका ३ कुइयापानीमा उक्त संरचना बनाएको नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए ।

बाँस र पालहरु प्रयोग गरेर निर्माण गरिएको टहराहरु शनिबारदेखि प्रयोगमा आइसकेका छन् । तत्कालका लागि १७ वटा आवासीय अस्थायी टहरा, १३ वटा शौचालय र १ भान्साघर निर्माण गरिएको रुद्रध्वज गणका प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । थप १३ क्‍वारेन्टाइन बनाउन बाँकी छन् । अस्थायी क्‍वारेन्टाइनमा बस्नेहरुका लागि खानेपानी, बिजुली बत्ती ओढ्ने ओछ्याउनेलगायतका सम्पूर्ण व्यवस्थापन गरिएको समेत शिखर नगरपालिकाले जनाएको छ ।

सेनालाई शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले सामग्रीहरु उपलब्ध गराएको थियो । ‘नगरपालिकामा उपलब्ध भएका ३५ वटा विद्यालयमा १ हजार ५४९ जनालाई क्‍वारेन्टाइनमा राखिसक्यौं’, स्वास्थ्य संयोजक शाहले भने, ‘अब ठाउँ खाली छैन, शनिबारबाट अस्थायी क्‍वारेन्टाइनमा राख्न सुरु भइसक्यो ।’ शनिबार आएका २३ जनालाई त्यहाँ राखिएको छ ।

शिखर नगरपालिकाबाट करिब ११ हजार मानिसहरु कामको सिलसिलामा भारत लगायत अन्य तेस्रो मुलुक गएको तथ्यांक छ । अन्य स्थानीय तहहरुले पनि अस्थायी संरचना निर्माणका लागि प्रयास गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?