१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गड्‍डाचौकी नाकाबाट शुक्रबार पनि २७ सयभन्दा बढी भित्रिए

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरको गड्डाचौकी नाका भएर शुक्रबार साढे २७ सयभन्दा बढी नेपालीहरु भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार दशगजामा आइपुगेका २७ सय ७८ जनालाई नाकाबाट भित्र्याइएको हो । 

गड्‍डाचौकी नाकाबाट शुक्रबार पनि २७ सयभन्दा बढी भित्रिए

दशगजाबाट भित्र्याइएका सबैलाई आ–आफ्ना जिल्लातर्फ पठाइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कञ्चनपुर जिल्लाका स्थानीयलाई भने आ–आफ्ना स्थानीय तहमा पठाएर क्वारेन्टाइनमा राखिएको छ ।

‘दशगजामा पुगेका सबैलाई गन्तव्यतर्फ पठाइसकिएको छ,’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी वीरसिंह साहुले भने, ‘उनीहरु सबैलाई दशगजामै विवरण संकलनदेखि स्वास्थ्य जाँच गरेर गन्तव्यतर्फ पठाइएको हो ।’ भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरु पैदल तथा सवारी साधनमा आउने क्रम दिनहुँ बढ्दै गएको हो । उनका अनुसार शुक्रबार १७८ जना भारतीय नागरिकसमेत भारत फर्किएका छन् ।

जिल्लाका विभिन्न अवैध नाकाबाट लुकिछिपी भित्रिनेहरुका कारण व्यवस्थापनमा समस्या हुनुका साथै संक्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि भारतबाट घर फर्किनेहरुलाई गड्डाचौकी नाका भएर भित्र्याउन सुरु गरेको हो । बिहीबारसम्म करिब साढे ७ हजार नेपालीहरु घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?