झुलाघाटबाट एकै दिन ५ सयभन्दा बढी भित्रिए

तृप्ति शाही

बैतडी — बैतडीस्थित नेपाल—भारत सीमानाका झुलाघाटबाट बिहीबार एकै दिन ५ सयभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।

झुलाघाटबाट एकै दिन ५ सयभन्दा बढी भित्रिए

सीमामा अलपत्र परेका र भारतका विभिन्न स्थानमा रहेका नागरिकलाई स्वदेश ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । उनका अनुसार बिहीबार ५ सय ७६ जना आएका छन् ।

केन्द्र सरकारको अनुमतिमा जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ जिल्लाका प्रमुखसँगको समन्वयमा पुलको गेट खोलेर नेपालीहरूलाई भित्र्याइएको नेगीले जानकारी दिए ।

बैतडीसहित विभिन्न जिल्लाका उनीहरूलाई सम्बन्धित पालिकाहरूले क्वारेन्टाइनमा राख्नेछन् । गत शुक्रबार पनि ३ सयभन्दा बढी नागरिक झुलाघाट नाकाबाट आएका थिए ।

प्रकाशित : जेष्ठ १६, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?