डडेल्धुराको रिसोर्टमा युवती मृत फेला

डीआर पन्त

डडेल्धुरा — डडेल्धुरा सदरमुकाम नजिकै रहेको एक रिसोर्टमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । सदरमुकामको अमरगढी नगरपालिका–७ सल्ला गाउँकी अन्दाजी २१ वर्षीया निर्मला बोहरा रातो गुराँस रिर्सोटमा मृत अवस्थामा फेला परेकी हुन् ।

उनी अमरगढी नगरपालिका–८ मा रहेको रातो गुराँस रिसोर्टको बाथरुममा कपडा झुन्ड्याउने मसिनो ह्याङगरमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहान रिसोर्टबाट जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान भइरहेको बताए ।

आफन्तले हत्या भएको बताए पनि डीएसपी न्यौपानेले बोहोराको हत्या वा आत्महत्या हो भन्नेबारे अनुसन्धान जारी रहेको बताए । उनका अनुसार युवतीको शरीरमा बाहिरी सामान्य चोट देखिएको छ ।

युवतीसँगै होटेलमा रहेको जिल्लाको अजयमेरुस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामदिन चौधरीलाई शंकास्पद मृत्युमा संलग्न भन्दै प्रक्राउ गरिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्

गीतकार रत्नशमशेर थापाको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । बिहीबार साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । थापाका साडु भाई शिव आचार्यका अनुसार ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।

कुकुर डोर्‍याउने क्रममा केही समयअगाडि थापा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो । त्यसयता उनी घरमै आराम गरिरहेका थिए ।

थापाका छोरा रुपेन्द्र समशेरका अनुसार उनलाई नर्भिकको आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । यसको नतिजा नआइन्जेल उनको शव अस्पतालमै राखिने रुपेन्द्रले बताए ।

थापाद्वारा रचित ‘जाग लम्क चम्क हे...’, ‘ठट्टैमा यो वैंस जान लाग्यो...’, ‘घुम्तीमा नआउ है..., ‘उकारी ओरालो गर्दै...’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । नारायण गोपालले गाएका सुरुवाती गीतहरु उनले नै लेखेका थिए । थापाका श्रीमती र २ छोरा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गरी उनको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×