कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुदूरपश्‍चिममा थप एकजनामा कोरोना संक्रमण

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिममा आइतबार थप एक जनामा कोरोना पोजिटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा अछाम मल्लेख गाउँपालिका ४ घर भएका ३२ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । संक्रमित आइसोलेसन कक्षमा थिए । 

सुदूरपश्‍चिममा थप एकजनामा कोरोना संक्रमण

बिहीबार गौरीफन्टा सीमा नाकाबाट उनलाई उद्धार गरी सेती अस्पतालको आइसोलेसन कक्षमा ल्याइएको थियो । आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि सीमानाकाबाट उनको उद्धार गरिएको थियो । पीसीआर पद्धतिबाट आइतबार कोरोना पोजिटिभ रिपोर्ट आएको हो । बिहीबार उनी भारतका विभिन्न सहरबाट आएका २ हजार ४ सय ९८ जनाको भीडमा थिए । बिहीबार भित्रिएका २ हजार ४ सय ९८ जना नेपालीहरुमध्ये ७ सय ७५ जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमध्ये १२ जनाको आरडीटी परीक्षण पोजिटिभ देखिएको थियो । आरडीटी पोजिटिभ देखिएका सबैलाई सेती अस्पतालको आइसोलेसन कक्षमा राखेर थ्रोट स्वाब लिइएको थियो ।

शनिबार ४ जनाको रिपोर्ट कोरोना पोजिटिभ देखिएको थियो । भारतका विभिन्न सहरबाट बुधबारदेखि गौरीफन्टा नाकामा दैनिक २ हजारको संख्यामा नेपाली पुग्न थालेका छन् । किट अभावमा आरडीटी परीक्षण रोकिएको छ ।

सुदूरपश्चिममा कोरोना पोजिटिभको संख्या १५ पुगेको छ । जसमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । डडेलधुरा बैतडी एक/ एक टिकापुर अस्पतालमा ३, सेती अस्पतालमा ५ जना संक्रमित छन् ।


प्रकाशित : जेष्ठ ११, २०७७ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?