२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बैतडीमा पाँच प्रहरीको आरडीटी रिपोर्ट पोजिटिभ

तृप्ति शाही

बैतडी — जिल्लामा कार्यरत ५ प्रहरीको आरडीटी पोजिटिभ देखिएको छ । आइतबार आरडीटी जाँच गरिएकोमा ५ जनाको पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । उनका अनुसार १७ जनाको चेक गरिएकोमा ५ जनाको पोजिटिभ आएको हो । २२ जनाभन्दा बढीको जाँच भइरहेको उनले बताए । ५ जनामा १ जना महिला प्रहरी हुन् । 

बैतडीमा पाँच प्रहरीको आरडीटी रिपोर्ट पोजिटिभ

शुक्रबार जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका एक पुरुषमा कोरोना देखिएपछि उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका प्रहरी, अदालतका कर्मचारी, सरकारी वकिल कार्यालयका कर्मचारीसँगै संक्रमितका घरपरिवार र केही स्वास्थ्यकर्मी गरी ६८ जनाको स्वाब संकलन गरी पीसीआरका लागि धनगढी पठाइएको छ ।

पीसीआर गर्न बाँकी जोखिममा रहेका प्रहरीको आरडीटी गर्दा ५ जनामा पोजिटिभ देखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले पनि पुष्टि गरे । उनीहरुलाई बसपार्कमा रहेको थालीगाडा प्रहरीचौकी नजिकै टेन्टमा राख्ने व्यवस्था तयारी गरिएको छ ।

अस्पतालमा ३ वटा मात्र आइसोलेसन बेड रहेकोमा १ संक्रमित र २ शंकास्पद बिरामीलाई राखिएको छ । अस्पतालमा बेड अभावका कारण प्रहरीलाई टेन्टमा राख्‍न लागिएको उनले बताए ।


प्रकाशित : जेष्ठ ११, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?