गौरीफन्टा नाकामा आइतबार पनि भीड

बुधबारदेखि दैनिक २ हजारजना नाकामा, एक सातामै आए ८ हजार २ सय
मोहन बुढाऐर

धनगढी — भारतका विभिन्‍न सहरबाट कैलालीको गौरीफन्टा नाका हुँदै आउने क्रम रोकिएको छैन । आइतबार मात्रै २ हजार ७ सयभन्दा बढी नेपाली नाकामा आइपुगेका छन् ।

गौरीफन्टा नाकामा आइतबार पनि भीड

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बुधबारदेखि दैनिक दुई हजारभन्दा बढी नेपाली सीमा नाकामा आइरहेको बताए । ‘सीमानाका पुगेका नेपालीलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा सम्बन्धित जिल्लामा पठाउने गरेका छौं,’ उनले भने, ‘सम्बन्धित जिल्ला तथा स्थानीय तहबाट बसको व्यवस्था गरेर पठाउने बेलासम्म नाकामै उनिहरुलाई रोकी राख्‍न गाह्रो भइसकेको छ ।’

प्रशासनको तथ्यांक अनुसार बुधबारदेखि शनिबारसम्ममा ८ हजार २ सय ७९ जना सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको छ । जेठ २ र ३ गते ९ सय ५० जना आएकोमा बुधबार २ हजार ४ सय ९८ , बिहीबार २ हजार १४ र शनिबार १ हजार ८ सय ९९ जनालाई पठाइएको छ ।

जसमध्ये जेठ २ र ३ गते आएकाहरु र ८ गते भित्रिइएका ७ सय ७५ जनाको मात्रै नाकामा आरडीटी परीक्षण गरिएको छ । बाँकीको समान्य स्वास्थ्य जाँच गरेर पठाइएको छ । शनिबार त समान्य जाँच समेत नगरी बसमा चढेर उनीहरु घर फर्कन लागेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?