कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बैतडीमा कोरोना संक्रमण पुष्टि भएका पुरुष थुनुवा, प्रहरी कार्यालय सील

तृप्ति शाही

बैतडी — बैतडीमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले जानकारी दिए ।

बैतडीमा कोरोना संक्रमण पुष्टि भएका पुरुष थुनुवा, प्रहरी कार्यालय सील

जिल्लाकै शिवनाथ गाउँपालिकाका २ घर भएका २२ वर्षीय पुरुषलाई वैशाख १५ गते प्रहरीले पक्राउ गरेर थुनुवा कक्षमा राखेको थियो । बिहे गर्छु भनेर लिएकी किशोरी खोलामा मृत अवस्थामा खोलामा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो । उनैलाई कोरोना देखिएको हो । उनी सँगै उनको बहिनी पनि घटनामा सम्लग्न रहेको भन्दै पक्राउ परेकी थिइन् । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रमुख भट्टका अनुसार संक्रमित सँगै हिरासतमा रहेका अन्य दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । उनी २ महिनाअघि भारतबाट आएका प्रहरीले जनाएको छ । उनीसँग सम्पर्कमा आएकाहरुको खोजी गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितलाई बैतडी जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए ।

संक्रमित फेला परेसँगै जिल्ला प्रहरी कार्यालय बैतडीलाई सील गरिएको छ । थुनुवामा नै कोरोनाको संक्रमण देखिएपछि कार्यालयलाई नै सील गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?