महाकालीमा महिला बेपत्ता
दार्चुला — महाकाली नगरपालिका ७ धाप नजिक महाकाली नदीमा हाम्फालेकी महिला बेपत्ता भएकी छन् ।
महाकाली नगरपालिका ७ थालीगाडकी ३३ वर्षीय कुस्मा थापा नदीमा हाम्फालेर बेपत्ता भएकी हुन् । आइतबार मध्यान्ह थालीगाड भन्ने स्थानबाट महाकाली नदीमा हाम्फालेकी थापाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । महिला नदीमा हाम्फालेको कारण भने खुल्न सकेको छैन ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा खोजीमा लागे पनि भेट्टाउन नसकिएको सूचना अधिकारी जोशीले बताए ।
प्रकाशित : जेष्ठ ४, २०७७ १८:०६प्रतिक्रिया