२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सुदूरपश्‍चिमबाट डाक्टरको टोली फर्किंदै

अर्जुन शाह

धनगढी — कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि एक महिनाअघि सुदूरपश्चिम आएका डाक्टरहरुको टोली शुक्रबार फर्कने तयारीमा छ । त्यस बेला देशमै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित देखिएपछि काठमाण्डौबाट ३३ जना डाक्टरको टोली सुदूरपश्चिम पठाइएको थियो ।

सुदूरपश्‍चिमबाट डाक्टरको टोली फर्किंदै

कोरोना भाइरसका शंकास्पद र संक्रमित बिरामीको उपचारमा सघाउनका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा एमडी अध्यनरत सरकारी डाक्टरहरुलाई सुदूरपश्चिम पठाएको थियो ।

शुक्रबार फर्कने तयारी भए पनि सबैको पीसीआर रिपोर्ट नआएसम्म विमान सेवा कम्पनीले जहाज नउडाउने भनेपछि अहिले सबैको पीसीआर परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयका डा. भूषण मिश्रले बताए । ‘पीसीआर रिपोर्ट आउनेबित्तिकै फर्किने तयारीमा उहाँहरु हुनुहुन्छ,’ डा. मिश्रले बताए । काठमाडांैबाट आएका उनीहरुले स्वास्थ्य निर्देशनालयले विभिन्न जिल्लामा खटाएको थियो ।

पछिल्लो एक महिनाभन्दा बढी समयमा सुदूरपश्चिममा कोरोना संक्रमणका नयाँ बिरामी भेटिएका छैनन् । सुरुतिरै भेटिएका पाँचजना बिरामी निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?