कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैतडीमा एक जनाको आरडीटी रिपोर्ट पोजिटिभ

तृप्ति शाही

बैतडी — जिल्लामा एक जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ को सरस्वती मावि नानरा क्‍वारेन्टाइनमा बसेका ५० वर्षका पुरुषको बिहीबार चेक गर्दा आरडीटी रिपोर्ट पोजिटीभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए ।

बैतडीमा एक जनाको आरडीटी रिपोर्ट पोजिटिभ

उनका उनुसार आरडीटी पोजिटिभ देखिएका व्यक्त्ति भारतको पिथौरागढ जिल्लामा मजदुरी गर्दै आएका थिए । पोजिटिभ देखिएका उनी वैशाख १८ गते दार्चुलाको धार्चुलानाकाबाट प्रवेश गरेकाहरुमध्येका हुन् । सोही क्‍वारेन्टाइनमा ७४ जना बसेका छन् । ६८ जनाको बिहीबार जाँच गरेकोमा ६७ को नेगेटिभ आएको र उनको पोजिटिभ आएको जोशीले बताए । उक्त पालिकाभरि ८० जना क्‍वारेन्टाइनमा बसेका छन् ।

पालिकाको एम्बुलेन्समार्फत उनलाई जिल्ला अस्पताल ल्याउने तयारी गरिएको स्वास्थ्य कार्यलायका प्रमुख योगेश भट्टले बताए । शुक्रबार बिहानसम्म उनलाई अस्पताल पुऱ्याएर आइसोलेसनमा राखिने र त्यही एम्बुलेन्समा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाउने उनको भनाइ थियो । जिल्लाभर अहिले १२ सय ७८ जना क्‍वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?