बर्दियाकी कोरोना संक्रमित बालिकाको ट्राभल हिस्ट्री कैलालीमा खोजिँदै

मोहन बुढाऐर

धनगढी — बर्दिया राजापुरकी  कोरोना संक्रमित ११ वर्षीया बालिकाको ट्राभल हिस्ट्री खोज्‍ने कार्य कैलालीमा सुरु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्‍नेतले संक्रमित बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा केही दिन बसेर वैशाख १६मा आफ्नो घर राजापुर फर्केको खुलेको बताए ।

‘उनी कैलालीमा रहँदा सर्म्पकमा आएका व्यक्ति, परिवारको खोजी गरिरहेका छौ,’डीएसपी बस्‍नेतले,‘भजनी नगरपालिका वडा नम्बर १मा उनी बसेका आफन्तको घरका ५ जना सदस्यको आरडीटी टेष्ट गरी सकेका छौं ।’ उनले उनीहरुबाट पीसीआर परीक्षणका लागि थ्रोट स्वाब पनि लिइएको बताए ।

उनका अनुसार संक्रमित बालिका लकडाउन अघि नै कैलाली आएकी थिइन् । गोदावरी नगरपालिका मजगाउस्थित आफन्तको घरबाट १३ गते भजनी आफन्तको घरमा गएको खुलेको छ ।

डीएसपी बस्नेतले भने,‘करिब ४०/४२ दिन कैलालीमा बितेको छ । उनी कहाँ कसको सर्म्पकमा आइन् खोजी कार्य जारी नै छ ।’

उनी कैलालीबाट बर्दिया आफ्नी हजुर आमाको साथमा गएकी थिइन् । गोदावरीको खुटिया मजगाउँबाट उनमा कोरोना संक्रमणको आशंका बढेकाले स्थानीय जनजीवनमा त्रास बढेको छ ।

सुदूरपश्चिम पश्चिम प्रदेशमा फेला परेका कोरोना संक्रमित निको भएर घर फर्किसकेको अवस्थामा फेरी बर्दियामा फेला परेकी कैलालीबाट फर्केको खबरले जनजीवनलाई त्रास बढाएको स्थानीय भिमबहादुर थापाले बताए ।

प्रकाशित : वैशाख ३०, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?