धनगढी — कोरोना भाइरसबाट संक्रमित भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ बिरामी शुक्रबार डिस्चार्ज भएकी छिन् । उनी डिस्चार्ज भएसँगै सुदूरपश्चिममा संक्रमण देखिएका सबै निको भएर घर फर्किएका छन् ।
धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया उनको यसअघि छैटौं पटकसम्म पोजेटिभ रिपोर्ट आएको थियो । सातौं र आठौंपटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका डा. शेरबहादुर कमरले बताए ।उनी ३५ दिनअघि अस्पताल भर्ना भएकी थिइन् ।
उनी घरपरिवारकै सदस्यबाट संक्रमण सरेकी बिरामी हुन् । दुबईबाट घर आएका उनका देवरमा संक्रमण भेटिएको थियो । देवर यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित : वैशाख २६, २०७७ १८:११प्रतिक्रिया