३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सुदूरपश्चिमका सबै कोरोना संक्रमित निको

धनगढीमा उपचाररत पाँचौ बिरामी पनि डिस्चार्ज 
अर्जुन शाह

धनगढी — कोरोना भाइरसबाट संक्रमित भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचौ बिरामी शुक्रबार डिस्चार्ज भएकी छिन् । उनी डिस्चार्ज भएसँगै सुदूरपश्चिममा संक्रमण देखिएका सबै निको भएर घर फर्किएका छन् ।   

सुदूरपश्चिमका सबै कोरोना संक्रमित निको

धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया उनको यसअघि छैटौं पटकसम्म पोजेटिभ रिपोर्ट आएको थियो । सातौं र आठौंपटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका डा. शेरबहादुर कमरले बताए ।उनी ३५ दिनअघि अस्पताल भर्ना भएकी थिइन् ।

उनी घरपरिवारकै सदस्यबाट संक्रमण सरेकी बिरामी हुन् । दुबईबाट घर आएका उनका देवरमा संक्रमण भेटिएको थियो । देवर यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित : वैशाख २६, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?