चन्दका पूर्व सेती इन्चार्जले छाडे समूह

वसन्तप्रताप सिंह

बझाङ — नेत्रविक्रम चन्द नेतृत्वको समूहका पूर्व केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्काले ‘पार्टी’ परित्याग गरेका छन् । स्वास्थ्यस्थिति ठिक नभएको भन्दै एक वर्षअघि दुवै पद त्यागेका खड्काले बिहीबार घरैमा पत्रकार सम्मेलन गरी समूह छाडेको घोषणा गरेका हुन् ।

चन्दका पूर्व सेती इन्चार्जले छाडे समूह

उनी भूमिगत बस्दै आएका थिए । ‘म शारीरिक रूपमा पार्टीमा सक्रिय रहन नसक्ने भएँ । त्यसैले स्वतन्त्र जीवन बिताउन चाहन्छु,’ खड्काले भने । उनले सहमतिमै समूह छाडेको बताए पनि नेताहरूप्रति अप्रत्यक्ष रूपमा गुनासोसमेत गरे । आफू ३० वर्षदेखि जनताको मुक्तिका लागि लडेको जनाउँदै उनले देशमा विभिन्न व्यवस्था परिवर्तन भए पनि नेताहरूको नियत सुध्रिन नसकेकाले देश समृद्धिको बाटोमा लाग्न नसकेको बताए ।

द्वन्द्वकालमा पाँच वर्षभन्दा बढी भूमिगत जीवन बिताएका उनी बझाङ क्षेत्र नं २ बाट २०६४ सालमा नेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादीबाट अलग भएको मोहन वैद्य समूह हुँदै चन्द समूहमा पुगेका थिए ।

प्रकाशित : वैशाख २६, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?