अछाममा आइसोलेसनमा रहेकी महिलाको मृत्यु 

कोरोना परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइयो
मेनुका ढुंगाना

अछाम — जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका ५ घर भएकी ५१ वर्षीया महिलाको निधन भएको डा. शरद बरालले जानकारी दिए । डा. बरालसहितको टोलीलाई कोभिड १९ को जाँचका लागि नै केन्द्र सरकारले अछाम पठाएको थियो ।

उनलाई कोरोना भाइरसको आशंकामा वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको डा बरालले बताए । 'कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा उपचार सुरु गरिएको थियो,' डा. बरालले भने, 'अस्पताल आउँदा ज्वरो थियो । उनको पृष्ठभूमि हेर्दा बाहिरबाट आएका मान्छेसँग सम्पर्क भएको पाइयो ।'

डा. बरालका अनुसार ती महिलाको आरडीटी परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । 'पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर सुर्खेत पठाएका छौं,' उनले भने, 'कोरोना भए/नभएको रिपोर्ट शुक्रबारमात्रै आउने भएको छ ।' मृत्यु भएकी महिलाको उपचारमा संलग्‍न १३ जना स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा बसेपछि जिल्ला अस्पतालको सेवा प्रभावित भएको बरालले बताए ।

प्रकाशित : वैशाख १८, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?